Last modified on 9 मई 2020, at 07:51

यो कथा शुरू गरेर / ईश्वरवल्लभ

यो कथा शुरू गरेर कहाँ अन्त्य गर्नु मैले
यी सल्किएका आकाशलाई कहाँ शान्त गर्नु मैले

रूपौलो मधुमास आज आएको हो कि होइन
मनमा कता त्यो माया छाएको हो कि होइन
तर साँझका आवाज जस्ता झङ्कार केको आयो
यी बजिरहेका तारहरू कहाँ बन्द गर्नु मैले

मेरा अनेक आशहरू पानी भएर बग्छन्
सागर त हो भूलहरूको, किनार हो कि हैन
यो उराठ बिरानोपनमा हरियाली कसले ल्याउँछ
त्यो रूप त्यो दिन कहाँ अब खोज्न जानु मैले