Last modified on 15 मई 2017, at 14:51

यो देशको म छु / रमेश खकुरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:51, 15 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश खकुरेल |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

गर्नु पर्ने गरेकै छु नहुने काम गर्दिन
तुष्ट आफ्नै भागमा छु अर्काको भाग खोस्तिन ।।

नसक्ने कामका लागि सक्छु भन्दै म ढाँट्तिन
पूरा नबन्ने सपना दिन्छु भन्दै म बाँड्दिन ।।

आमा र मातृभूलाई मान गर्न म छाड्दिन
जो यहाँ अन्यथा गर्छन् तिनलाई म छाड्दिन ।।

जे गर्न सक्ने गर्ने छु गर्नेलाई सघाउँछु
जसले गर्न सक्ने हुन् त्यस्ता खोजेर धाउँछु ।।

मेरो पौरखले गर्न नसक्ने काम छन् भने
त्यसै म चुप लागेर बसी होइन हल्लिने ।।

हातले जे सक्छु गर्छु नसके मुख खोल्दछु
गर्नेको सह्रनी गर्छु दुष्टका पोल खोल्दछु ।।

मेरा मित्रहरूसाथ यही आग्रह गर्दछु
यस्तै बनौं सबै हामी ठानौं यो देशको म छु।।