Last modified on 9 मई 2020, at 10:17

यो बहकिन चाहने मन / ईश्वरवल्लभ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:17, 9 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ईश्वरवल्लभ |अनुवादक= |संग्रह= }} {{KKCatG...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

यो बहकिन चाहने मन तिमीले सम्भर्नू
यो रद्दीको रात भनेर जतासुकै नफ्याँक्नू

बादलका टुक्राजस्ता आकाशमा उडिरहेका
ती मेरा भावना हुन्, कहीँ व्यर्थै अल्झिरहेका
शायद इच्छा पनि हुन् बाटो नपाई कहीँ
माटोका घरहरूझैँ बर्खामा भत्किरहेका
यो मेरो पुरानो तिर्खा तिमीले सम्भर्नू
यो सानो कुरा भनेर तिमीले नहेप्नू

निभ्यो भनी छोडेको आगोले पोल्न सक्छ
धोखा खाएको छाती हाँसेर जल्न सक्छ
सागरहरूका तातो ज्वालामूखीले जस्तो
बादलका भावनालाई छोपेर छर्न सक्छ
यो मेरो पुरानो तिर्खा तिमीले सम्भर्नू
हेपेको पुरानो भनेर तिमीले नभुल्नू