यो मन बिथोलियो र रोएँ म
जिन्दगीले धोका दियो र रोएँ म
हेर्दा– हेर्दै मेरो नीलो आकाश
रक्तिममा बदलियो र रोएँ म
किन छैन जीवन सोचे जस्तो
मुटु अमिलियो र रोएँ म
रातलाई ‘दिन’ भन्नु पर्दा
निभ्यो आस्थाको दियो र रोएँ म
चित्त नदुखाः भन्नृ कोही छैन
व्यथा झन् बल्झियो र रोए म