Last modified on 6 अगस्त 2016, at 01:41

यो मौसम यो हरियाली / किरण खरेल


यो मौसम यो हरियाली रङ्गीबिरङ्गी फूलहरू
निरस निरस लाग्छ मलाई तिमीबिना हर चिजहरू

चिसो झरना हेरी के गर्नु, जब यो मनमा प्यास छ
यो रमझममा कसरी रमूँ, जब कि अधुरो आश छ

गुन्जनमा म जब सुन्दिनँ तिमीले दिएको जवाफ केही
यो प्रकृतिको सुन्दर सिर्जना, लाग्छ मलाई अभाव नै

रुझिरहेका आँखाहरूले, कसरी देखुन् सुन्दरता
जलिरहेको दिलहरूले, कसरी सम्झुन् शीतलता