भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रंगको मेला / वसन्त चौधरी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


शहर मात्र कहाँ हो
रङ्गमंगीदैछन्
लेक, बेसी, गाउँ
ख्वै कहाँ छ उदासी
वृद्ध-वृद्धामा पनि
उद्भासित् हुँदै छन्
तरुणपन
वर्षाको खडेरीमा पनि
कति उमंगित
वर्सिरहेछ यौवन ।
रंगको मेला-
आज फागु
आऊ,
यही मिश्रित रंगमा डुबेर
न तिमी, न म
हामी स्वयं हराएर
आफूलाई पाऊँ
हाम्रो उन्मुक्त कोलाहल
यस्तो अलौकिक संगीत बनोस
त्यसैमा गजेन्द्रमोक्षको
स्वर्ग उतारुँ
आऊ,
यो फागु हामी यसरी मनाऔं !