Last modified on 11 मई 2020, at 19:59

रहरहरू / दीपक शम्चू


टाउकोबाट झिकेर
सङग्राहलयको सोकेसमा
सजाउने रहर छ
जीवनका भेटी चढाएर
कुर्सी ताक्ने गिद्धी ।


टिपेर
करेसाबारीको थाक्क्रोमा
झुण्ड्याइदिने रहर छ
थुम्कीबाट लडिझर्न लागेको
चिचिलो घाम ।