भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

राजीको नाममा / धुस्वाँ साय्‌मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिम्रो
आगमनको सूचना
जब मेरो घरसम्म पुर्याुउँछ हावाले
मेरो आँगन
तिमीलाई अभिवादन गर्न
एक्लोपनको उदासी भुलेर फक्रिन्छ
र, मलाई यो
पनि थाहा छ –
जब-जब म सोच्दछु तिमीसम्म आउन
तिम्रो बगैंचामा फक्रिरहेका साना फूल
सुगन्ध छोडेर ओइलाउँछन्
तब मलाई थाहा हुन्छ
मलाई देखेर
तिम्रो मुहारमा फक्रिएको जून
केवल
एउटा मुखौटा हो
जुन शिष्टतावश
तिमी मलाई देखाउँछयौ ।