भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रामसाइँला / पारिजात

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 03:21, 11 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= पारिजात |अनुवादक= |संग्रह= }} {{KKCatNepaliR...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

रामसाइँला विस्फोटको हाँसो सुहाउँछ ठिट्यौलीमा
रामसाइँला आगोको बोली सुहाउँछ ठिट्यौलीमा
हामीले यसको सीमा कल्पना गरेका छैनौँ
हामीले यसको विशालता अनुभव गरेका छैनौँ
आजको यो पाइलो आजैका दिनलाई समर्पित
आजको यो निष्त्रि्कय दिन आजैलाई समर्पित ।

आजकै अनुरूप अर्को दिनमा
कुन्नि घामको सट्टा आतङ्क उदाउन सक्छ
साथी! त्यो त हाम्रो वर्तमान हुनेछ
आजको खैरो साँझ आजैलाई समर्पित
आजको विसङ्गति आजैलाई समर्पित ।

उच्चाटभरिको दिन!
साँझ तिम्रो मृत्युजस्तै लागिरहेछ
हुन सक्छ, कालो रात तिम्रो शोकसभाजस्तै मनाइरहूँ
एक रातभरिको मौन धारणा
तर मलाई भोलि तिम्रो शोकगीत लेख्न फुर्सद हुनेछैन
दिन! आजको रित्तोपना तिमीलाई समर्पित ।

रामसाइँला विस्फोटको हाँसो सुहाउँछ ठिट्यौलीमा
रामसाइँला आगोको बोली सुहाउँछ ठिट्यौलीमा ।