Last modified on 16 अक्टूबर 2017, at 19:53

रामायण-सुन्दरकाण्ड / रघुनाथ पोखर्‌‍याल


पहिलो सर्ग

अगम बल लगाया सिन्धु गोखुर्<ref>गोरुका खुरले बनेको खाडल</ref> बनाया ।
असुरदल जलाया मेरुकाया<ref>सुमेरु पर्वत जत्रो शरीर</ref> बनाया ।।
सुमति गुण चलाया धन्य ती फेरि आया ।
कपिपति<ref>कपि=वानार</ref> कहलाया रामको प्रेम पाया ।।१।।

सय योजन्<ref>चार कोस</ref> भनि त प्रमाण् कह्याका ।
कमरादी जलजन्तु धेर् भयाका ।।
जलधी पार हुनै भनी कुद्याका ।
हनुमान् संशय तेजि<ref>त्याग गरी</ref> खुस् भयाका ।।२।।

ध्यान राखी परमात्मरामपदको भन्दा भया दिल् घडी<ref>धरी अर्थात् तरेर </ref> ।
वानर् हो मञिलाई हेर अहिले जाँदा गगन्‌मा उडी ।।
सीताका पनि पाउन्यै छु दरसन् ऐल्हे कृतार्थै<ref>कृतार्थ अर्थात वानरका मालिक</ref> भञा ।
फेरी फर्कि म रामका चरणमा पुग्न्या छु जानी लिञा ।।३।।

स्मरण्<ref>स्मरण अर्थात् याद</ref> गर्न्या मर्न्या समय विचमा राम भनि जन् ।
अपार् संसार् सागर् तरि परमपद्माe पुगदछन् ।।
म दूतै हूँ तिन्‌को मसित सुनको औंठी उनको ।
छ उन्‌कै ध्यान राखी अलप<ref>अल्प अर्थात् थोरै</ref> जलधी पार् हुनु निको ।।४।।

येति भनीकन पसारि भुजा<ref>भुजा अर्थात् हात</ref> कुद्याका ।
तेर्छो गलो तल नजर् पद खुम्चियाका ।
दक्षिण् दिशातिर मुखै गरि गै गयाका ।
ती वायुवेग हनुमान धिरज्<ref>धैर्य</ref> धर्या>का ।।५।।

त्यो देखी देववार्ता<ref>भुजा अर्थात् हात</ref> कति न कति भया वायुवेग्‌ले गयाको ।
लङ्कामा पस्न सक्‌न्या छ कि छइन भनी बुझन मन्सुव् भयाको ।।
तेस् बेला नागमाता तिर फरकि सबै देवताले भन्याको ।
वानर्‌को विघ्न केही गरीकन बुझि आ बुद्धि बल् जो भयाको ।।६।।

हनूमान्‌को विघ्नै गरुँ भनि गयाकी उ सुरसा ।
बसी बाटो छेकी वचन कहनै लागि सहसा<ref>झट्ट</ref> ।।
क्षुधा<ref>भोक</ref> देखी मेरा अमरगणले भक्षण<ref>भोजन</ref> दिया ।
प्रवेश् गर् यै मेरा वदन-बिचमा क्यै मति भया ।।७।।

त्यो सुन्दा हनुमानले पनि भन्या श्रीरामका काममा ।
जान्छू जानकिलाइ खोजन भनी फिर्न्याछु छिन मात्रमा ।।
सीताको समचार् सुनाइ सहसा श्रीरामका कानमा ।
वाँ<ref>उहाँ</ref> देखी मुखमा प्रवेश गरुँला खुस् हौ नमस्कारमा ।।८।।

येती भन्याकि सुरसा हनुमानजीले ।
भन्दी भई वदनमा पसि जानु तैले ।।
नाहीं भन्या तँकन खाइ दिन्याछु मैले ।
ऐल्हे मलाइ पनि भोक बडो हुनाले ।।९।।

त्यो सुन्नि मात्र बजरंबलिले<ref>बजरंबली हनुमान्</ref> भन्याको ।
मुख् बाउ पस्दछू र जान्छु म वेग् लियाको ।।
येती भनी शरिर योजनको तुल्याया ।
ती रामदूत हनुमान कहाँ डराया<ref>कहाँ डराया=किन डराउँथे</ref> ।।१०।।

त्यो देखी पाँच योजन् वदन उ सुरसाले बढाई बढाई ।
दश् योजन्‌का हनुमान् तब वदन बडो बीस योजन् गराई ।।
तीस् योजन्‌का हनुमान् तब वदन पचास् योजनैको तुल्याइ ।
औंठी झैं भै पस्याका बाहिर भइ<ref>भई आई</ref> कपी भन्न लाग्या भुलाई ।।११।।

म ता तिम्रा तेस्ता मुखभितर गै बाहिर भञा ।
नमस्कार् यो मेरो तिमिकन छ जान्छू अब गञा ।।
भन्याको सुन्दामा सहज सुरसा त्यो चकित भै ।
शुभाशीर्वाद् गर्दै कपि सित उ विस्तार् कहँदि भै ।।१२।।

पठायाको तिम्रो बल बुझ भनी देवगणले ।
त्यसै कारण् मैले बल बुझी लियाको विघनले<ref>विघ्न अर्थात बाधा</ref> ।।
उ सीताको दर्शन् तिमीकन त मिल्ला सहजले ।
पुगौला श्रीराम्‌का चरणतलमा त्यै सुमतिले<ref>असल</ref> ।।१३।।

येती भनेर सुरसा गइ देवलोक्‌मा ।
बज्रंबली ति हनुमान पनि सहज्‌मा ।।
जाँदा भया गरुड झैं गरि ता गगन्‌मा ।
श्रीरामको मकन काम भनी मगन्‌मा ।।१४।।

तेस्‌बेला त समुद्रले पनि भन्या मैनाकका कानमा ।
मेरो सागर नाम भो सगरले वृद्धि दिन्या कालमा<ref>बढाएमा</ref>
तिन्‌का वंश विषे त रामकि जनम्<ref>रामको जन्म</ref> श्री रामका काममा ।
जान्छन् ती कपि जाउ पर्वत तिमी विश्रामका हेतुमा ।।१५।।

ती मैनाक गया सुवर्णमणिका तेस् माथि नर्<ref>नर-तन् अर्थात् मनुष्य शरीर</ref> तन् थपी ।
पौंची ती हनुमानका नगीचमा भन्दा भया ह् कपी ।।
सागर्‌ले म अह्राउँदा उठि गया विश्राम क्यै पाउला ।
जाऊ फल्‌फुल खाउला तब तिमी छिन्‌भर् बसी आउला ।।१६।।

त्यो सुन्दा हनुमानले पनि भन्या श्रीइरामका काममा ।
जाँदामा मञिंले त खान नहुन्या क्या बात विश्राममा ।।
जल्दी जानु छ जानकीकन पनि खोज्ना निमित्तै भनी ।
कर्‌ले<ref>कर अर्थात हात</ref> स्पर्श गरी गया ती हनुमान् पन्छी समान्‌का बनी ।।१७।।

केही दूर थया भयंकर बडी क्वै सिंहिका भेटिई ।
तेस्‌ले वेग टुछाउँदा हुँदि अधोदिष्टी<ref>भइँतिर नगर</ref> दिंदा देखिई ।।
छायाको ग्रहणै गरीकन<ref>ग्रहण गरीकन अर्थात् समातेर</ref> पनी त्यो खान सक्‌न्या थिई ।
पानीमा पसि लात मारि ति थया लङ्काकि सम्मुख् भई ।।१८।।

ति जाँदा जाँदामा दखिन तिरका कोहि तटमा ।
पुग्या द्ख्या फल्‌फुल् बहुत मृग मन्छी नगीचमा ।।
पछी द्ख्या लङ्का त्रिकुट परवत्‌का शिखरमा ।
अनेक् पर्खाल् खावा<ref>पानीका पर्खाल</ref> चहुँदिसि हुनाले गुपतमा<ref>गुप्तमा अर्थात अरुल् नदेख्ने ठाउँमा</ref> ।।१९।।

हनूमान्‌का मन्‌मा दशवदनका यस् नगरिमा ।
म रातीमा जाँला भनि उही रह्या बाँकि दिनमा ।।
तहाँ देखी राती शरीर घरि सानू पसि गया ।
उ लङ्काका ढोका भितर मनराजी<ref>मन आनन्द</ref> तब भया ।।२०।।

लङ्का ताहीं रहन्थी पुरि पनि सहजै राक्षसी भ्ष् बनाई ।
ढोकामा त्यो पस्याको बुझिकन रिसले लाल लोचन् गराई ।।
को होस् यस्तो तँ वानर् भनि मकन अनादर् गरिस् भित्र जाई<ref>गएर।</ref> ।
रातीमा चोर जस्तो भइकन तँ पस्याको कउन् काजलाई ।।२१।।

येति बोली र हानी सहज चरणले ती हनूमानलाई ।
हान्या बज्रम्बलीले कठिन उ मुठिले लोटि शोणित्<ref>शोणित अर्थात रगत</ref> बहाई ।।
फेरी त्यो ऊठी मात्रै<ref>उठनेबित्तिकै</ref> खुसि भई र भनी हे हनूमान जाऊ ।
तिम्रो कल्याण होला मकन जिति लियो जानकी भेटि आऊ ।।२२।।

मलाई ब्रह्मले अघि कहि दियाको सुन कथा ।
हुन्याछन् त्रेतामा दशरथ निषे राम सुपथा<ref>असल मार्गमा लाग्ने</ref> ।।
उनैकी माया हुन् जनकतनया भै जनम<ref>जन्म लिइन्</ref> लिन् ।
भुभार् हर्ना खातिर् म हुँ विनति गर्न्या भइ मर्लिन् ।।२३।।

तसै कारण् भाई सँग भइ ति जालान् र वनमा ।
तहीँ सीतालाई दशवदन हर्न्या छ छिनमा ।।
पछी तिनका मंत्री अति कुशल सुग्रीव् ठहरिनन् ।
उ सीताको खोजी गरन भनि मर्कट्<ref>वानर</ref> फिजिदिनन् ।।२४।।

उनैमा एक् वानर् तिमीसँग उ पुग्न्या छ छलले ।
तिमीले हान्दामा तिमीसँग उ हान्या छ मुठिले ।।
उ वेथामा<ref>व्यथामा अर्थात दुःखमा</ref> मेरा वचन पनि संझी बुझियला ।
उसै बेलामा त्यो दशवदनको नास् गरियला ।।२५।।

भन्याको ब्रह्मले मकन पहिले हो सहि<ref>साँचो</ref> भयो ।
जित्यौ लङ्कालाई सुन कपि सबैलाइ जितियो ।।
उ रावण्‌का अन्तःपुर बिच छ लीलाबन तहाँ ।
अशोकैका गाछी पनि त बहुतै सुन्दर जहाँ ।।२६।।

उहीं यौटा गाछी पनि छ सुन सुन्दर् सिम सफा<ref>सिसौ</ref> ।
उसै तल्‌मा सीता वरिपरि बडा राक्षसि खफा<ref>जागेका</ref> ।।
तिमि देखी आऊ रघुवरसितै जाइ कहिद्यौ ।
उ सीताको जस्तो विरह छ उ पर्कट्<ref>प्रकट</ref> छ लगिद्यौ ।।२७।।

म धन्यै हूँ ऐल्हे हरिकन त सम्झन्छु मनले ।
इ संसार्‌का बन्धन् पनि त छुटि जान्छन् स्मरणले ।।
वनैका भक्तै छौ संग रहनु दुर्लभ् मिलिथयो ।
सधैं मेरा मन्‌मा हरि रहि रहुन् भन्दछु म यो ।।२८।।

बज्रङ्ले<ref>बजरंगबलीको छोटकरी</ref> सिन्धु नाघ्दा सहज फुरि<ref>फर्फरायो</ref> थयो वाम लोचन् सिताको ।
रावण्‌को वाम बाहू दशरथसुतको दक्षिणाङ्गै फुर्या<को ।।
रामायण्‌का कथाको प्रथम सरग<ref>सर्ग अर्थात परिच्छेद</ref> यो हो इतिश्री भयाको ।
पाठ् गर्नू कार्यसिद्धी सहज गरिदिन्या सुन्दरैकाण्डमाको ।।२९।।


                          ‘पुराना कवि र कविता’ बाट उद्धृताँश


शब्दार्थ
<references/>