Last modified on 21 मई 2017, at 11:23

रिठ्ठेदाइ र कुम्लेबाको भोट बिर्सियौ कि ? / रवि प्राञ्जल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:23, 21 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रवि प्राञ्जल |अनुवादक= |संग्रह= }} {{...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

रिठ्ठेदाइ र कुम्लेबाको भोट बिर्सियौ कि ?
माटो छोई गरेको अठोट बिर्सियौ कि ?
जनहितका कुरा गर्दा तिमीलाई पनि
मलाईजस्तै लगाएको खोट बिर्सियौ कि ?
कता पुगे सुर्य छुने आदर्शका कुरा ?
आदर्शको न्यानोन्यानो कोट बिर्सियौ कि ?

उखेलेरै फ्याँके पनि बिषको त्यो बृक्ष
सुस्त सुस्त हुर्कदै छ बोट बिर्सियौ कि ?
हिजो पनि उस्तै थियो आज पनि उस्तै
यो माटोले पाएको त्यो चोट बिर्सियौ कि ?