Last modified on 23 जून 2020, at 15:39

रेलमा फर्किदै गर्दा / रमेश क्षितिज

एउटा नौलो सहरको जमिनमूनिको रेलवे स्टेसनमा
सल्बलाइरहेथ्यो मानिसहरूको भिड
घारमा चिप्लिरहेका माहुरीहरूजस्तै भएर
कुन धुनमा चढेछु पूर्व जाने रेल
अर्को स्टेसन पुग्नुअगावै
सँगैको सिटमा बसेर उँघिरहेको यात्रीले
बिउँझेपछि भन्यो–
पश्चिमतिर पो पर्छ तिमी पुग्ने ठाउँ !
फेरि उही बाटो उही स्टेसनतिर फर्किँदै गर्दा रेलमा
थाह भयो यसरी एकातिर पुग्छु भनेर हिँडेको जिन्दगी
चढ्दोरहेछ अनेकौपल्ट
अर्कै दिशातिर दौडिरहेको समयको द्रूत रेलमा
जस्तो–
साँझको ताराजस्तो भएर झरेको छ
मेरो चम्किलो सपना समुद्रमा
जसलाई खोजूँला म सधैँ ती धमिला पर्वतहरूतिर .........