भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लक्ष्यको खोजीमा / धुस्वाँ साय्‌मी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:04, 5 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=धुस्वाँ साय्‌मी |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

लक्ष्यको खोजीमा
लागिपरेको म
अक्षर र शब्दहरूको भीडमा
भौँतारिइरहेको छु

भावना
सङ्कल्पसितै ब्युँझन्छ
चेतनाले
विचारको समुद्रमा
यसलाई काट्दछ

साहस
निकै संयमका साथ आउँछ
साधना
आधार दिने नाउँमा
नपुंसक बनाउँछ

अब त
खोजी छ त मात्र खण्डहरहरूको
मुर्दाघर र मसानघाटहरूको
जहाँ गएर
आफ्नो लासलाई चिन्न सकूँ
संस्कार गर्न सकूँ

विफलताले
थकित र लज्जित पारी जीवनलाई
बिहानै एक बिहान
सुम्पिदिन्छ साँझको हातमा
हुँदाहुँदै पनि जिउँदो
मान्छेलाई मरेको ठान्न
गरिदिन्छ विवश

क्रान्ति भनेको
हुँदोरहेछ मात्र इतिहासको