Last modified on 29 जून 2017, at 19:42

लाइदेऊ लाइदेऊ / धनेन्द्र विमल


लाइदेऊ लाइदेऊ माया लाइदेऊ ए संगीता
जुग जुग बित्ने माया लाइदेऊ ए संगीता
हिजो पनि तिमी मेरो आज पनि तिमी मेरो
जति जति जन्म हुन्छ त्यति त्यति तिमी मेरो

तिम्रो बोलीले लठ्ठै पार्यो तिम्रो हेराइले लठ्ठै पार्यो
तिमी मेरो आँखाको तारा तिमी मेरो एउटै साहरा
यो देह तिम्रै हो यो वैंस तिम्रै हो
यो माया तिम्रै हो यो जोवन तिम्रै हो
तिम्रो मनमा बास बस्न देऊ मेरो दिलको प्यास मेट्न देऊ
तिम्रो चोखो मायाले मार्यो तिम्रो नयन तीरैले हान्यो
यो ढुकढुक तिम्रै हो यो जोवन तिम्रै हो

शब्द – धनेन्द्र बिमल
स्वर – शम्भुजित बास्कोटा, देविका प्रधान
संगीत – शम्भुजित बास्कोटा
एल्बम – नेपाली माया
चलचित्र – सुनचाँदी