Last modified on 8 फ़रवरी 2022, at 08:11

लाग्छ मलाई मीठो मधुपर्क / कृष्णप्रसाद पराजुली

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:11, 8 फ़रवरी 2022 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

किन-किन लाग्छ मलाई मीठो मधुपर्क
फर्किएर जति हेरुँ मनमा हुन्छ हर्क !
जीवनमा रस घोल्दा
मान्छे बाँच्न सक्छ
नीरस जीवन राम्रो होइन
अन्त्य हुन पुग्छ……….

नबोलूँ म कसैसँग हेर्छु वर्षैवर्ष
किन-किन लाग्छ मलाई मीठो मधुपर्क !
कथा पनि देख्छु उसमा
गीत पनि सुन्छु
दुःखैबाट पनि नयाँ
जीवन रस चुम्छु………….
आइदिएछ भेट गर्ने बल्ल यौटा पर्व
किन-किन लाग्छ मलाई मीठो मधुपर्क !