भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लौ सुन म भन्छु मेरो राम कहानी / गोपाल योञ्जन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:47, 4 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एकदिनको घाम सयौँ दिनको पानी

म उठ्दा आकाशले मलाई थिचिदिन्छ
अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ
म रोएँ यो आँशु रित्याऊँ भनेर
तर आँशुले नै मलाई नै बगाउँछ
यो बिधवाको सिँउदो कि मेरो जवानी
त्यो एकदिनको घाम सयौँ दिनको पानी

तेरो आश्वासनमा मैले बाँची हेरेँ
मैले आगोमाथि पनि नाची हेरेँ
जीवनलाई चारैतिरबाट हेरेँ
केवल म पुरानो सबै नौलो पाएँ
यही गीत साँचेँ पछिलाई निशानी
त्यो एकदिनको घाम सयौँ दिनको पानी