भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वनै खायो डँढेलोले / कालीप्रसाद रिजाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

वनै खायो डँढेलोले
मन खायो त्यै मोरीको पापी मायाले।
आधा राति ब्युँझिएर गाऊँ-गाऊँ लाग्छ
डाँफे सरी बोल हालेर
भोक पनि छैन मलाई तिर्खा पनि छैन
मन बुझाउने के के बारेर
खोला सुक्यो खडेरीले
यो ज्यान सुक्यो बैगुनीको आशै आशले।
हसाइँमै दच्कियो कि बरै आँखा मेरो
त्यो मायाको छैन बगर
परेलीमै अल्झियो कि कठै मुटु मेरो
कति राम्रो गर्नी बाचल
बाली लग्यो असिनाले
यो ज्यान लग्यो बैमानीको छिर्के मायाले।