Last modified on 9 जुलाई 2018, at 15:55

वर्षा-वियोग / गोपाल सिंह नेपाली


झिरमीर- झिरमीर पानी पर्छ
झिरमीर- झिरमीर पानी पर्छ ।।१।।

बादल मा बिजुली चम्किन्छ
यो दुनिया झन्-झन् गम्किन्छ
तिम्रो बाटो हेर्दा हेर्दा,
आँखा तिरमिर-तिरमिर गर्छ
झिरमीर- झिरमीर पानी पर्छ ।।२।।

रात जुतेली चाँद हँसीलो
छैनन्, छ त बादल गीलो
यस्तो बेलामा तिमिलाई
समझी-समझी मोर्नूपर्छ
झिरमीर- झिरमीर पानी पर्छ ।।३।।

यो सावनमा तिमि आएनौ
मेरो दुःख हेर्न पायेनौ
बादलबाट आँसु झर्छ
आँखा बाट मोती झर्छ
झिरमीर- झिरमीर पानी पर्छ ।।४।।

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)