Last modified on 25 जुलाई 2017, at 10:03

वालापन / रमेश क्षितिज


ओर्ली जून हामीसँगै खेल्थ्यो साँझसाँझ
बालापनकी साथी मेरी सम्झेँ धेरै आज

कहिले नदी किनारमा कहिले रूख बोटमा
झरीसँगै रुझ्दै कहिले चौतारीको ओतमा
रिसाउँदै माया गर्दै खेल्थ्यौँ लुकामारी
सम्झिन्छे कि भुलीहोली मेरो माया मारी !

निधारमा दाग उसको चल्दाचल्दै लागेको
नओइलिने माया थियो कलेजीमा राखेको
जिन्दगीलाई फर्काएर बालक हुन पाए
कस्तो हुन्थ्यो उसैगरी हाँस्न रुन पाए !