भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विछोड / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मेरो खबर तिमीलाई कसले भनिदेला
भेट्छु भन्थे जिन्दगीमा फेरि कुनै बेला

कहाँ थियो तृष्णा मेरो पोल्ने आँसु कता थियो
धेरैधेरै कुरा थिए भन्न बाँकी कथा थियो
कुनै मोडमा उभिएर भन्छु भन्दाभन्दै
कहाँ पुग्यो पुग्ने ठाउँ बाटो भिन्दाभिन्दै

कति ऋतु बदलिए आए गए कति याम
एकपल्ट डुबेपछि उदाएन मेरो घाम
रातजस्तो समयले कहाँ डोर्‍याउँछ
आँधी चल्छ जता हेर्छु बाटो हराउँछ