Last modified on 23 सितम्बर 2016, at 20:25

विदाई / रमेश क्षितिज

भन्दिनू है चौतारीमा उभिएको बोट
यही बाटो गयो कोही बिसाउँदै चोट

कहाँ होला सपनाको फाँट फूल्ने देश
खोज्दै हिँडे सहँदै यी पाइतालामा ठेस
सम्झाइदिनू मनभरि पीडा धेरै बोकी
ओरालीमा फर्की हेथ्र्यो पाइला रोकीरोकी

असिनाले दाग लायो फूलको थुङ्गाभरि
तैरिँदैछु मनको तलाउ सम्झनाको डुङ्गा चढी
फर्किनेछु कुनै बेला भनिदिनू दौँतरीलाई
साक्षी राखी जान्छु यही ढुङ्गे चौतारीलाई!