Last modified on 8 जुलाई 2017, at 08:58

विपना नभई बाँचिदिने / दिव्य खालिङ


विपना नभई बाँचिदिने मभित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना

आँशुसितै पग्ली झर्ने हाँसोभित्रै खेलिरहने
प्रीत नपाई रोजी हिँड्ने ती अधूरा मेरा सपना

भावनामा अल्झिरहने कल्पनामा बल्झिरहने
जीवन नपाई खोजिहिँड्ने ती पुराना मेरा सपना