Last modified on 26 जुलाई 2016, at 06:18

विश्वास छैन मेरो भने / सुमन पोखरेल

 
विश्वास छैन मेरो भने चाहिन्न साथ तिम्रो
हिम्मत छ यति ममा एक्लै म जिउन सक्छु

फाँटको नदी म हैन भीर झर्दैमा चिच्याउने
सल्लो पनि म हैन भीड मात्रैमा सुसाउने
आफ्ना सुस्केरासँग आँसु म पिउन सक्छु
हिम्मत छ यति ममा एक्लै म जिउन सक्छु

पीर पर्दैमा गीत गाउने न्याउली चरी म होइन
चोट खाँदैमा चिच्याउने मृगिणी पनि म होइन
वेदना लुकाई सारा ओठ म सिउन सक्छु
हिम्मत छ यति ममा एक्लै म जिउन सक्छु