Last modified on 26 जुलाई 2016, at 05:51

विश्वास हो माया / सुमन पोखरेल

विश्वास हो माया भावना हो माया
मुटु बोकी हिँडनेको गहना हो माया

मधुमासमा मनको झङ्कार हो माया
यौवनको सुन्दर शृङ्गार हो माया
मनको पवित्र चाहना हो माया
मुटु बोकी हिँडनेको गहना हो माया

संसारका सुखको खानी हो माया
जीवनको प्राण पानी हो माया
तर कहिलेकाँही तिर्सना हो माया
मुटु बोकी हिँडनेको गहना हो माया