भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वृत्त : जीवन / भवानी भिक्षु

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सहज प्राप्य दिन चाहेनौ औ यसले नै अझ
सहज प्राप्य पनि लिन पाएनौ !

बाँध्न खोज्दछौ सारालाई
बृत्त एक संकीर्ण 'अहम्'- मा
औ यसले नै कसीरहेछ तिमीलाई पनि !

छटपट गर्छौ अतास्सिएछौ
फोक्सोभरि पनि सास मिलेन
हात र खुट्टा दुवै चलाउँछौ
मुखले पनि अपशब्द फाल्दछौ
तैपनि वृत्त तोडन चाहन्नौ
खोल्न पनि चाहन्नौ तिमी अझ मानवी प्राण ।
आज अहम्‌को दानव तिमीलाई औ हामी सारालाई चपाई
पारिसकेछ लगभग नै मृयमाण !

उफ, तिम्रा अद्भुत विश्वास !
(गर्छ प्रशंसा)
निज अशक्तिमा नै सशक्त दृढ जहाँका त्यहीं !
कुण्ठाको त्यो वरदले सकेन यो निर्णय लिन-
"मुक्त वायुमा मात्र फेर्दैछन् सास
सुखानन्द, उल्लास, प्रेम औ जीवन !"

...............................
परिष्कार-बाट, २०१७