Last modified on 4 मई 2017, at 16:42

व्यक्तिभित्र समष्टि / सिद्धिचरण श्रेष्ठ

मैले नदेखेका र नपुगेका सारा गाउँ र सहरहरू ।
मेरो सलाम छ ।
मलाई आएन र देखेन नभन ।
सबैलाई देखेको छु,
सबैलाई चिनेको छु,
मेरो यो जीवनमा सबैको प्रतिविम्ब परिरहन्छ ।
समस्त संसार म बसेको ठाउँ त हो नि
समस्त विश्वका मानिसहरू म नै त हुँ नि ।
देखेन नभन, आएन नभन,
समस्तको जित जित्छु, समस्तको जन्म म जन्मन्छु।