Last modified on 27 मार्च 2018, at 21:36

शब्द / कल्पना सिँह-चिटनिस / सुमन पोखरेल

मानिसहरू आपसमा बोल्दछन्
र पनि केही बोल्दैनन्,

मानौँ कुनै चिल हुइँकिएर आउनेछ
र झम्टिनेछ उनका शब्दलाई,
रक्ताम्य पारिदिनेछ,

डराउँछन् मनिसहरू
हेर्दाहेर्दै शब्दहरू मर्लान् भनेर
रातको अँध्यारामा विलीन होलान् भनेर,
चुप छन् मानिसहरू, डराउँछन् उनीहरू
शब्दको मृत्युसँग ।

यो चुपलगाइले
मरिरहेका छैनन् शब्दहरू,
शब्दका अर्थहरू मर्दैछन् ।