Last modified on 26 जुलाई 2016, at 08:08

शरीर पतनको उत्सव / शैलेन्द्र साकार

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:08, 26 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=शैलेन्द्र साकार |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


यो भूमण्डलबाट हराएर जाने छैन
मानिसको रगतको टाटो लागेको अक्षर
सत्ताका भाटहरुले बोकेर लाने छैनन्
पुस्तकालय, म्युजियम र संग्रहालय
अथवा संविधान ।
पानीको दहमा ढुंगाको छालझैं
हराएर जाने छैन
पानीमा लेखिएको अक्षरझैं
क्रान्तिको अनुहार
आगो हाम्रो पिठ्यूँमा छ
सम्मुख हुनेछ कुनै दिन
मलाई थाहा छैन
म कुन देशमा के खोजिरहेछु ?
अमेरिकामा एसियन भएर
खोज्नुपर्ने काम कि स्वतन्त्र उन्मुक्त सास ?
कि गर्नुपर्ने डलर-परिश्रम
देश बिर्सेर खानुपर्ने आफ्नो अंग ?
कि देश बिर्सेर मनाउनुपर्ने आफ्नै शरीरपतनको उत्सव ?