भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शिखर भने कहाँ / गोपाल योञ्जन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:48, 4 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


शिखर भने कहाँ अझैं कति टाढा
अहिलेसम्म जाँदैछु म एक्लै डाँडा काँडा

म त यस्तो होइन दाइ मेरो कर्मै यस्तो
भ्याए जति गर्दै जाने आफ्नो धर्म यस्तो
सहँदै जानु पर्ला दाइ आउला दिन जस्तो जस्तो

मैले जति पाइला हिँडेँ सबै मेट्दै आएँ
पाए जति खुसी व्याथा सब समेट्दै आएँ
यही भाका गलाभरि मैले रेट्दै रेट्दै आएँ