Last modified on 5 नवम्बर 2017, at 15:55

शेष अर्ध्य / ओकिउयामा ग्वाइन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:55, 5 नवम्बर 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


मेरो कवितामा
तिम्रो लय
बज्दैन किन
चाहिएको जस्तो सम्पूर्ण रुपले
मेरो वीणामा
तिम्रो लास्य
विमूढ किन
लच्केन चाहिएको जस्तो समस्त रागले,
तिम्रो भङ्गिमामा
मेरो जीवन नृत्य
नाच्‍न सकेन किन
त्रिभङ्ग आकारले,
तिम्रो मुद्रामा
मेरो हस्त- प्रसारण, मेरो अवयव
सक्तैन किन
सक्तैन किन
जीवनका अध्ययन जति
ती सबमाथि, ज्योतिका प्रकाश<ref>प्रकाश-यहाँका अर्थमा 'वाच', 'व्यक्तव्य' ।</ref>

मनमा लाग्छ
मेरो अभ्यन्तर न्यून रै'छ जे-जे
आएका छैनन् तिम्रो गोचर
आज, शेषको बेलामा
लिएर आउँदै छु त्यही नै
शेष अर्ध्य, तिम्रो वेदीमा चढाउन ।

शब्दार्थ
<references/>