Last modified on 25 नवम्बर 2016, at 09:36

शोकगीत / कृष्ण पाख्रिन

हजारौं हजार मानिसहरुका आशा
हजारौं हजार मानिसहरुका विश्वास
हजारौं हजार इच्छाहरुका प्रतीक— तिमी
हो ची मिन्ह— एउटा मान्छे
हामीले भर्खरै सुन्यौं, तिम्रो खबर
अकस्मात तिम्रो निधन भयो रे !
अकस्मात तिम्रो मृत्युले हजारौंका आस्था भत्क्यो रे !!
हामीलाई त्यत्तिकै दुःख छ— तिम्रो निधनमा
जति कि त्यहाँका
शोकग्रस्त अनुहारहरुलाई लागेको छ
जति कि त्यहाँका मूक्तिमोर्चा बसेका
ट्रेन्चभित्रका सिपाहीहरुलाई लागेको छ
दुःख लाग्नु समान हृदयको प्रतीक
दुःख लाग्नु समान रगतको प्रतीक
त्यसैले,
हामीलाई तिम्रो मृत्युमा
हामीलाई तिम्रो निधनमा
हिमालका आँशुले रोइ दिनु मन लाग्छ ।
मन लाग्छ अभैंm हजारौं कोशीहरु भएर
तिम्रो शत्रुलाई बगाई दिनु
तिम्रो इच्छालाई पु¥याई दिनु
मेरो हितैषी हो ची मिन्ह !!
तिमीले लडेको लामो अवधीको यूद्धको कथा
यहाँ अब त घर घरमा
बिहान, बेलुकी सुनाउने नयाँ इतिहास भएको छ
नयाँ इतिहासको नायक— तिमी !
मलाई थाहा छ
तिमी अब त
यो धर्तीको माटो माटोमा छाएको छौं ।
तिमी अब त
बिर्सिएका यात्रुहरुका निम्ति
यहाँ बाटो÷दोबाटो भएका छौं ।
भर्खरै फुलेको नेपाली गुराँसले यही भन्छ
भर्खरै बासेको डाँफेले यही भन्छ
भर्खरै झुल्केको रातो घामले यही भन्छ
हो ची मिन्ह !
शत्रुहरुका लागि एउटा पहाड,
मित्रहरुका लागि एउटा पूmल,
एउटा पवित्र पूmल
जो सधैं सधैं हाँसेर
स्वयं बलिदान हुन्छ
देशको लागि
एउटा पवित्र उदेश्यको लागि
त्यसैले,
हो ची मिन्ह !!
तिम्रो मृत्युले
तिम्रो देशको बगैंचा खाली भयो
प्रत्येक भियतनामीहरुको हृदयमा
एउटा ठूलो पहिरो गयो ।
फगत म
यति भन्छु— म धेरै टाढाको मान्छे
तिम्रो मृत्युमा
एउटा शोक गीत
एउटा विरही कविता
लेखिरहेछु ! लेखिरहेछु !! लेखिरहेछु !!!