भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सँगै तिमी उज्याली छौ जून चाहिंदैन / मुकुन्द प्रयास

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सँगै तिमी उज्याली छौ जून चाहिंदैन
जीवनको स्वाद मीठो नून चाँहिदैन

गाइरहूँ यसैगरी पल पल गजल
सातै सुर सरगम तिमी धून चाँहिदैन

जति लायो त्यति दुख्ने गहनाको भारी
तिमी नै हौ हिरा मोती सुन चाँहिदैन

यति धेरै लामो यात्रा हिड्ने बेला तिमी
हाँसिदए पुग्छ बेग्लै सगुन चाँहिदैन

सँगै तिमी उज्याली छौ जून चाहिंदैन
जीवनको स्वाद मीठो नून चाँहिदैन