भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

संघर्ष / धुस्वाँ साय्‌मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कस्तो संघर्ष हो यो हाम्रो
जहाँ जीत पनि
शंकाको सुविधामा मुर्झाउँछ ।
सम्झौता भएर पनि
कहलिन्न सम्झौता यो
सम्झौता नै होइन यो
केही भन्न पनि सकिँदैन ।
त्यतिबेला
लाग्नथाल्छ हाम्रो संघर्ष
सम्झौता
सम्पुर्ण केबल एक सुविधा हो
आफैँलाई एउटा सुरक्षा दिन ।
लक्ष्य नै
नभएर पनि अन्त्यहीन/अर्थहीन
विरोधाभाषले भरिपुर्ण
एउटा अधुरो स्वीकृति
समर्पणको
भइदिन्छ/बनिदिन्छ ।