भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सत्य सुबेला / कणाद महर्षि

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अहिलेभन्दा पहिले राम्रो लेख्थेँ
भनूँ भनूँ लाग्यो
आफूले आफैँलाई सोध्न मन लाग्यो
- हो कि होइन?

अब उत्तर म के दिऊँ
सोधेको आफैँले
सोधेको आफैँलाई
जवाफ दिनुपर्ने आफैँले ?

त्यसैले भन्दै छु आफूले आफैँलाई
- जब तिमी ठीक लेख्छौ, त्यो राम्रो हुन्छ
तब अहिले, पहिले पछिले हुँदैन
यो बेला, त्यो बेला
अबेला, कुबेला हुँदैन
सत्य, साँचो, ठीक सुबेला हुन्छ ।