Last modified on 29 जून 2017, at 21:45

सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ / कृष्णहरि बराल


 
सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ
जेजे देख्नु हुन्नथ्यो त्यै देख्ता पो त दिक्क लाग्छ

धेरै कुरा पाइएन त्यो त बरू ठीकै थियो
हावा पनि तिनले तेतै छेक्ता पो त दिक्क लाग्छ
ठूलाबडा भनाउँदाले यति ठूलो धर्ती छोडी
गरिबकै शिरमाथि तेक्ता पो त दिक्क लाग्छ

यहीं सधैं हुनुपर्ने प्यारो प्रजातन्त्रलाई
दिल्ली अनि वासिङ्टनमा भेट्ता पो त दिक्क लाग्छ