Last modified on 31 मई 2020, at 10:44

सपना छरेको छु / वसन्त चौधरी

आधा उमेर आफ्नो सपना छरेको छु
कुन्नि कति फलेको छु, कति झरेको छु

त्यसो त जीवन यात्रा मरुभूमि झैँ थियो
सपनामा चाहिँ धेरै, खोला तरेको छु

अनगिन्ती सास त हो फेरेँ उमेर भरी
थाहा छैन आफैभित्र म, कति पो मरेको छु

चाहना सुनामी भित्र डुब्दै गई रहेँ म
गन्तव्य खै कहाँ छ, छालमै परेको छु

कस्तो छ क्षण यो कस्तो, यसमा म खै जिएको
तर मर्न निम्ति जिउने, बाचा गरेको छु