Last modified on 15 मार्च 2017, at 10:47

सबै बेहोसी नशा पिएर / रवि प्राञ्जल

सबै बेहोसी नशा पिएर
बिना पिएरै बेहोस छु म
अरु निर्दोषी माया भुलेर
बिना भुलेरै दोषी छु म

सपना फुटेर आँशु बनेछ
त्यो आँशु फेरि व्यथा बनेछ
आँशुका थोपा मोती बनेर
उदास मनको कथा भनेछ
सबै वेहोसी नसा पिएर

सुनसान बगरमा आँधी चलेछ
फैलेर आँधी चाहना बनेछ
नअँटेर माया अञ्जुली भरेर
ढलपल आँखा सागर खुलेछ