Last modified on 4 जून 2017, at 11:53

समय / निमेष निखिल


जताततै बेमज्जाको कोलाहल छ यसपालि
रातोको नाममा रगतको ठुले भल छ यसपालि
सबैभन्दा सस्तो वस्तु भाषण पिउँदै छु हजुर
पिलाउने दलहरूकै हलचल छ यसपालि।