Last modified on 6 अगस्त 2017, at 11:13

समुद्रबूढो / श्रवण मुकारुङ


राति
समुद्रबूढो
लालटिन लिएर आउँनेछ– त्यहाँ...

लामो दाह्री
चहकिला आँखा
र हातमा रातो किताब देखेर
तिमी उसलाई माक्र्स सम्झिन्छौ

सिरानीको बन्दुक आँसुको फूलले छोपिनेछ
नरिवलको गाछीभरि
बतासले–
रेट्न थाल्नेछ भ्वाइलिन दुःखको
खस्न थाल्नेछन् चन्द्रमाका हातहरू– टाढाको बस्तीमा
तिमी उठ्नेछौ ।