भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

समुद्रलाई आँसु चाहिँदैन / अरुणा वैद्य

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:08, 9 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अरुणा वैद्य |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

समुद्र घाम ताप्न
डिलमा बसेको छ
घाम तापिरहँदा ऊ कथा भन्दैन
कथाका थिमहरू बाकसमा बन्द गरेँ भन्छ
जुन बेला पनि खोल्दिनँ
सस्तो हुन्छ कथा
जोसुकैलाई सुनाउन्नँ भन्छ
कथा आफ्नै हो, आफैलाई बाँध्छु भन्छ
ऊ आफ्नै गहिराइमा
आफ्नो विगत खोतल्न चाहन्छ
भविष्य नियाल्न चाहन्छ
समुद्र आफ्नो स्वरूप
पानीमा नाप्न खोज्दैछ
उसको परिचयले किन उसैलाई चिनेन ?
 त्यो छाम्न खोज्दै छ पानीमा
चक्कर–चक्कर ।

अब ऊ रुँदैन
अब ऊ बोल्दैन
अब ऊ गल्दैन
समुद्र हो उसको नाम
नुनिलो दह
त्यसैले
समुद्रलाई आँसु चाहिँदैन ।