Last modified on 10 मई 2020, at 19:47

सम्हाल पछ्यौरी त्यो / ईश्वरवल्लभ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:47, 10 मई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

एक
सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भूईँमा
हैन भने जिन्दगानी आगो लगाइदिन्छु

दुई
नआऊ तानिएर फेरि मेरो मनमा
हैन भने त्यही पीर फेरि बल्झाइदिन्छु

एक
रोजेको तिमीलाई ताराफूल परि
झरिदिन्छ्यौ सयपत्री कति माया गरी

दुई
खोजेको तिमीलाई मेरो आँखाभित्र
छरिदिन्छ्यौ पीर फेरि तिमी मुटुभरि

एक
आकाश कहिले मेरो सङ्लो भइदेला
हैन भने पानी भई सबै भिजाइदिन्छु

दुई
लेखेको छु तिमीलाई मेरो गीतचित्र
नौतले पारी-बारी मेरो घरभित्र

एक
यति मलाई माया लाग्छ तिम्रो जिन्दगीको
मलाई पनि बाँच्न देऊ तिम्रो आँखाभित्र

दुई
साँचेका सपनालाई बितिसक्यो बेला
हैन भने मलाई देऊ कतै राखिदिन्छु