Last modified on 5 मई 2017, at 15:15

सर्वोत्तम कविता / क्षेत्रप्रताप अधिकारी

सरकार
माओवादी
युद्धविराम ।

आतङ्ककारी आरोप
टाउकाको मूल्य
र, रेडकर्नर नोटिस फिर्ता।

वार्ताटोली घोषणा
बाबुराम संयोजक
नेपाल बन्द फिर्ता।

शान्तिपूर्ण
वर्षगाँठ मनाइने।

यो समाचार—
 यो देशको
सुन्दर सविता हो
यो समाचार—
यो दशकको
सर्वोत्तम कविता हो।