Last modified on 22 मई 2020, at 21:00

साँझको घाम र जूनको कथा / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:00, 22 मई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

बाटो आउँछ कतैबाट
र पर्खिरहेको चौतारीको वास्तै नगरी
गइरहन्छ एक्लै अगाडि कताकता
नलिई साथ चौतारीलाई ।
 
जहीँतहीँ यस्तै छ
हरेक युगमा यस्तै नै छ ।
 
आजसम्म कुनै चौतारीलाई साथ लिएर गएन बाटाले ।
 
बाटो आयो
आइरह्यो
हिँडिरह्यो
कतै गइरह्यो
परदेसी जसरी एक्लै ।

चौतारी पर्खिरह्यो
हेरिरह्यो
रोइरह्यो
निस्ताइरह्यो
गाउँबेँसी जसरी एक्लै ।
 
न बाटो अल्झिन सक्यो
चौतारीको मायामा कतै
न चौतारी पछि लाग्न सक्यो बाटाको मोहनीमा कतै ।
 
घामले आज साँझ पनि
यही कथा भन्यो
र बाटो लाग्यो ।
 
जून भने अझै पछ्याउँदै छ उसैलाई ।