भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साँझको बत्ती बलेजस्तै अनुहारमा आयो / वियोगी बुढाथोकी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


साँझको बत्ती बलेजस्तै अनुहारमा आयौ
दुःखमा साथ निभाउन व्यवहारमा आयौ ।

आँधी, हुरी, बतास हो कि मनको त्रास मेरो
अन्धकार रातलाई छल्न बारम्बारमा आयौ ।

दिलको देउता देखाएर पूजा अर्चनामा
श्रद्धा सुमन चढाएर लगातारमा आयौ ।

घाइते मनको चाहनामा दुःख बाँड्न सखा
एक्लो भौँतारिँदै थिएँ म हरिद्वारमा आयौ ।

संयोग जुर्योि भेट भयो बसौँ चौतारीमा
चाह होइन वियोगीको हारगुहारमा आयौ ।