Last modified on 29 जून 2017, at 20:22

साउनको झरी बनी / दीपक जङ्गम


साउनको झरी बनी तिमि आउन
मेरो मनको अँधेरी मा जून छाउन

बाफिएर आज हिमाल किन रोएछ २
कता कता मन भित्र घाउ दुखेछ
बिहानीको किरण संगै तिमि आउन
छाती भित्र मुटु पोल्छ तिमि आउन
मेरो मनको….

निसासेको पारिपाखा कति धुमैलो २
डुब्दै जाने घामले हो की डढेलो लागेको
भन्ज्याङ्ग अनि पाखा भन्छ तिमि आउन
फूलहरु रोई भन्छ तिमि आउन
मेरो मनको….

शब्द: दीपक जंगम
संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल