भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सागर हो स्वास्नीमान्छे / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सागर हो स्वास्नीhमान्छे, ऊ त बुझपचाउन सक्छे
सारा रहस्य छातीभित्रै लुकाउन सक्छे

अँगालोबाट आफूलाई ऊ जान्दछे छुटाउन
बिटुला ओठहरूलाई ऊ सक्दछे पखाल्न
ऊ अभिनय गरेर आँसु खसाल्न सक्छे
भावुक लोग्ने मान्छेलाई छिनमै भुलाउन सक्छे

घुम्टो उघारी हेर्दा ऊ जान्दछे लजाउन
आँखामा धेरै कुरा ऊ सक्दछे अटाउन
ऊ अनेक छाल पारी पवित्र बन्न सक्छे
हर एक सत्यलाई कहानी भन्न सक्छे