भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

स्मृतिमा तिमी / वसन्त चौधरी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:59, 10 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=वसन्त चौधरी |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


म यो एक्लासे गोरेटोमा
तिम्रो डोब खोज्दैछु
तिमीप्रति शंका गर्दै
अन्जान म आफै
मेरो दोष खोज्दैछु !
संकीर्णताको बन्धनबाट
आफुलाई उन्मुक्त गर्दैछु !
एक अकिञ्चन शहरलाई जस्तै
कयौंपल्ट भत्कायो,
कयौंपल्ट बनायो,
हाम्रो मायालाई
निष्ठुर समयले ।
तर जति नै नविकरण गरे पनि
म्याद गुज्रिरहने लाइसेन्सजस्तो
हामीबीचको सम्बन्ध,
कहिल्यै भाँचिएन ।
तिमी सीमापारि
म सीमावारि
तैपनि सगोलै छ
भूगोलजस्तो,
हाम्रो सम्बन्ध !
कहिल्यै मेटिएन ।
सपनालाई जस्तै
छेक्न सक्दैन, कसैले,
कसरी पुर्न सकोस्
अनुभूतिको गहिराइ -
तिम्रो मेरो अभिन्नतालाई कसैले ?
तिम्रो अँगालोको न्यानोपन पनि
खोस्न सकोस् नै कसरी, कसैले ?
किन कि मलाई थाहा छ -
त्यसको न्यानोपन
आगोभन्दा पोल्दो हुनेछ
निश्चल पनि कसैलाई !
आज पनि म
मिलन पछि छुट्टिने
अनि फेरि भेटिने
त्यही दोबाटोमा
तिमीलाई खोज्दैछु ।
हामीबाट खोसिएको
पदचापलाई
स्मृतिमा गुन्जाएर
तिमीसँग एकतमास
डोरिंदैछु,
तिम्रो अस्तित्वलाई
अनन्त अनन्तकालागि
आफ्ना धमनिमा बग्ने
रगतको कणकणमा भर्दैछु !