भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

स्वदेशी मानवता / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

न आँखा चमकमा न ढुकढुक मुटुमा, नशामा नशा !...
स्वदेशलाई हेर्दा भए- यो उज्यालो, दशै यी दिशा –
ए मुर्दा, चिता एक सल्काऊ दनदन त्यसैमा पस !...
जहाँ छैन दृष्टि स्वदेशी समाजको
यी आँखा हुन् काँच, यी हुन् सर्पका प्वाल,
स्वदेशी ध्वनिविना कान यी जाँच !
नरक हुन् नरक इन्द्रियै राष्ट्रभक्तिविना हेर, पाँच !...
ए माटीकीरा,, ए झुसिल्कीरो आत्मा, अधोमुख कहाँ ?
मकैका पनि छन् दुइ पात तरबार र ओठमा जुँघा !
पखेटा, पखेटा-पखेटा, छ जो छ, छ फाट्ने लुगा।
अरे सम्झी आँधीहरूका सबै भीम ...क्या मान्छे, ती मान्छे !
बसिस् रूद्र खोरमा चरी साँझ-बीज
प्रकृति तँलाई भुलाएर खान्छे ।
यो मानिस, यो आँधी, यो सूर्य, यो बम,
जगद्धार, प्रमिथस, हनूमान् मरी-
छ कंकाल ती संधै घाँस माग्दो...
पशुमुख, कति सानो कीरो हरि ! ...
बनी स्वार्थलम्पट धूलोको यो पुतली
धूलोमा मिली जान्छ आखिर ढली
ए आत्मा, ए आत्मा, ए आत्मा, अमर दिव्य बिजुली,
देखा उग्र मान्छे, देखा भीम हाबामा जहाँ आँधी चल्ला चली।

........................................
युगवाणी, १|२, २३ माघ २००४