Last modified on 31 मई 2017, at 20:00

स्वार्थ / सुमन पोखरेल

उन्नतिका आफ्नै परिभाषा सबका अर्थ आफ्ना आफ्नै
एउटै भिडमा मिसिएर खोज्दैछन् चर्चा आफ्ना आफ्नै
कसैलार्इ पीर देश डुबेको, कसैलार्इ कुर्सी गुमेको
आन्दोलनरत जनता र नेताका स्वार्थ आफ्ना आफ्नै