भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

स्व. प्रोफेसर शर्माप्रति / श्रवण मुकारुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:52, 6 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्रवण मुकारुङ |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


– प्रोफेसर शर्माको चस्माको सिसा चर्केको छ
– प्रोफेसर शर्माके चप्पलभित्रको खुट्टा छिप्पेको इस्कुसजस्तो छ
– प्रोफेसर शर्माके कमिजबाट टाँकहरू प्रायः खसिसकेका छन्
– ब्ल्याकबोर्डमा
प्रोफेसर शर्माके हात थरथर काँप्छ
– प्रोफेसर शर्मालाई दमको रोग छ ।

सर !
यसरी गफिन्थ्यौँ हामी–
क्यान्टिनमा
चउरमा
रेस्टुराँमा
वा कुनै अल्छीलाग्दो सभा–समारोहका पछिल्ला लहरहरूमा ।

सहरका राता–पहेँला अखबारहरू
निरीह ज्यापूको आलुको भाउमाथि घुरिरहेका छन्
पजेरो, आचारसंहिता र निर्वाचन आयोगप्रति चुइँकिरहेका छन्
पानी, बिजुली, खसीको मासु र ग्याँसको मूल्यादिमा
स्वयं सत्ताभोगीहरूझैँ गिड्गिडाइरहेका छन्/हिनहिनाइरहेका छन्
अपसोस–
कहीँ छैन– प्रोफेसर्रकोशमाअसामयिक मृत्युको खबर !
 
कसलाई थाहा छ–
प्रोफेसर शर्मालाई मिसेज शर्माले छोड्नुका कारणहरू ?

डेरा सर्दा–
प्रोफेसर शर्माले एक ट्रक पुस्तक किन बेच्नुभयो ?
हिँड्ने बेलामा–
खुद्रा पसलेलाई किन पटकपटक नमस्कार गर्नुभो ?
प्रोफेसर शर्मा–
(जसले मलाई एक असल कवि बनाउनुभयो कवि)

अद्यापि,–
म सम्झिरहेको छु
एकनास सम्झिरहेको छु–
कमरेड...को भूमिगत ताजा प्रणय–प्रीतिभोज

प्रोफेसर शर्माको दमको दीर्घरोग !